एमाले बन्दसत्रको कार्यतालिका तयार, सहमति नभएको पदमा सोमबार मतदान हुने (तालिकासहित)
काठमाडाैं, मङ्सिर १२ गते । नेकपा एमालको को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि कार्यसूचि तयार गर्न बसेकाे अध्यक्ष मण्डलकाे बैठकले कार्यतालिका तयार गरेको छ।
कार्यतालिका अनुसार सहमति नभएको पदमा भोलि मतदान हुने छ ।
साे तालिका अनुसार राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास् फारम वितरण गर्ने र राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।
महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा हुनुहुन्छ ।