राष्ट्रिय |

बन्दसत्रमा अध्यक्ष ओलीकोे सम्बोधन, कार्यसूचि अनुसार कार्यक्रम जारी रहने

दीपक श्रेष्ठ/शालिग्राम नेपाल 
सौराह, मङ्सिर १२ गते । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गर्नु भएको छ । उहाँले सहमतिका लागि अधिकतम प्रयास भएकाे तर सफल नभएकाे बताउनुभयाे । उहाँले सम्बाेधनका क्रममा अगाडि भन्नुभयाे,  धेरै जना उमेदवार हुँदा प्ररिणाम राम्रो नआउन सक्छ । चित्त नबुझेको पदमा निर्वाचन हुन्छ । फारम भर्न म अनुरोध गर्दछु । भोलि बिहान निर्वाचन हुन सक्छ । हाम्रा होटलहरु भोलि खाली गर्न पर्छ । व्यबस्थापन को पक्षलाइ हेरौ । महत्वपूर्ण कुरालाइ ध्यान दिउँ । बिरोधिहरुले हाम्रो पार्टीमा ध्रुबीकरण आएको हेर्न चाहन्छन त्यो कुरालाइ ध्यान दिउँ ।

उहाले भन्नुभयाे, केही मनोनितका ठाउँ छ्न त्यसलाइ ध्यान दिउँ भन्दै सकेसम्म केन्द्रीय कमिटी ३०१ बनाएका छौ । निर्वाचन आयोग विभिन्न आयोग बनाएका छौ त्यहाँ व्यबस्थापन गर्न सकिन्छ । सबैले सहमति को वातावरण बनाउन दिन अनुरोध गर्दछु ।

''मेरो आग्रह के छ भने सबैकुरालाइ ध्यान दिएर चित्त नबुझेका कुरालाइ छलफल गरौ । परिणाम आउने नजिक छौ । कहिले कहिले निर्वाचनमा जाँदा सोचे जस्तो नहुन सक्छ । जानपहिचानको बाटो नहोला त्यसलाइ ध्यान दिउँ । सहमतिमा जाँदा एउटा हुन सक्छ तर निर्वाचनमा जाँदा समस्या आउन सक्छ । सहमति जस्तो परिणाम नहुन सक्छ । म आग्रह गर्दछु साथिहरुले बिचार गर्नुस ।'' सम्बाेधनका क्रममा उहाँले भन्नुभयाे । 

नेता भीम रावल भने बन्दसत्र चलिरहेको हलबाट बाहिरिनु भएको छ । उहाँले बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभयो ।
उहाँले आफू गोप्य मतदानको पक्षमा रहेको पनि बताउनुभयो । निर्वाचन लगायतका कार्यहरु रातभर जारी रहने बताइएको छ ।