राष्ट्रिय |

एमाले वरिष्ठ उपाध्यक्षमा पोखरेल, नेम्वाङ उपाध्यक्ष

काठमाडौं, मंसिर १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल , उपाध्यक्षमा हालका एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । एमालेमा वरिष्ठ उपाध्यक्षका लागि पोखरेल र नेम्वाङ अरुभन्दा अब्बल क्यान्डिडेटको रुपमा रहनुभएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रको हलबाट तीन सय एक जना केन्द्रीय समितिको प्रस्ताव गरिसक्नुभएको छ । यसमा सर्वसम्मत हुन नसकेका पदहरुमा मनोनयन हुने प्रक्रिया अहिले जारी छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङसहित अरु पनि हुनुहुन्छ । महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताउनुभयो ।

निर्वाचन आयोगका लागि पनि यसखाले प्रक्रिया आवश्यक रहेको बताइएको छ ।