काँग्रेसको कोषमा दश करोड रकम
काठमाडौं, मंसिर २४ गते । सत्तारूढ दल नेपाली काँग्रेसको कोषमा हाल दस करोड रुपियाँ रहेको जानकारी कोषाध्यक्ष सीतादेवी यादवले दिनुभएको छ ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनमम उहाँले आर्थिक प्रतिवेदन बन्दसत्र हलमा प्रस्तुत हुने भएपनि पार्टीको कोषमा रहेको रकम सार्वजनिक गर्नुभएको हो । ‘पार्टीको कोषमा दस करोड छ । र बाँकी अन्य बैंकमा दुई, तीन करोड छ,’ यादवले बताउनुभयो ।
यसका साथै महाधिवेशनमा आफ्नो कुनै उम्मेदवारी नरहेको पनि उहाँले खुलासा गर्नुभयो । कुनै पदमा नरहेपनि पार्टी र देशको सेवामा निरन्तर रहने प्रतिबद्धता भने उहाँले व्यक्त गर्नुभएको छ ।