मेरो कारणले पार्टीमा कसैको चोट पुगेको भए क्षमा चाहन्छु : महामन्त्री खड्का
काठमाडौं, मंसिर २४ गते । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले १३ औँ महाधिवेशन पश्चात् अहिलेसम्मको कार्यकालमा आफ्नो कारणले पार्टीमा कसैको पनि चित्त दुखेको भए क्षमा चाहेको अभिव्यक्ति राख्नुभएको छ ।
शुक्रबार काँग्रेसको काठमाडौंको भृकुटीमण्डपमा आयोजित १४ औँ केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रमा उहाँले विगतको कार्यकालमा आफ्नो बोली वा कुनै व्यवहारले कसैप्रति ठेस लाग्ने काम भएको भए आफ्नै साथी, भाइ वा दाज या भाइ सम्झेर माफ गर्दिनहुन अनुरोध गर्नुभएको हो ।
यससँगै महाधिवेशनले काँग्रेस पार्टीलाई गतिशीलता दिनसक्ने सक्षम नेतृत्व चयन हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।