धर्म निरपेक्षता भन्ने शब्द हुँदैन : महामन्त्री कोइराला
काठमाडौं, मङ्सिर २४ गते । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता भन्ने शब्द नहुने बताउनुभएको छ ।
शुक्रबार पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्नुहुँदै उहाँले धर्म स्वतन्त्र हुने बताउनुभएको हो ।
महाधिवेशन गर्दा नेतृत्वको बारेमा मात्रै कुरा गरेको तर नीतिको बारे नबोलेको भन्दै असन्तुष्टि व्यक्ति गर्नुभयो । साथै उहाँले कृषिलाई प्राथमिकता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयो ।