राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित
काठमाडौं, पुस ५ गते । राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको अवरोधपछि अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए ।
एमाले सांसद देवेन्द्र दाहालले सदन सुरुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउनुहुँदै बैठक चल्न नसकेको बताउनुभयो ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरे पनि उहाँहरु नबसेपछि कार्यसूची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।
नेकपा एमालेले गत भदौ २३ यता लगातार सङ्घीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।