निर्माणाधीन रेसुङ्गा बिमानस्थलको मन्त्री झाँक्रीद्वारा अवलोकन
तिलाचन पाण्डे
तम्घास, पुस १६ गते । शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले निर्माणाधीन रेसुङ्गा बिमानस्थलको शुक्रबार बिहान निरीक्षण गर्नुभएको छ । लामो समयदेखि निर्माणाधीन अबस्थामा रहेको तर काम सम्पन्न हुन नसकेको बिमानस्थलको मन्त्री झाँक्रीले निरीक्षण गर्नुभएको हो ।
मन्त्री भएपछि आफू जन्मेको गुल्मीमा पार्टीको बिभिन्न कार्यक्रमको सिलसिलामा गुल्मी आएको सन्दर्भमा उहाँले बिमानस्थलको निरीक्षण गर्नुभयो । २०६३ सालमा तत्कालिन नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले रेसुंगा बिमानस्थलको शिलन्यास गर्नुभएको थियो ।
अहिले बिमानस्थलको धावनमार्गको कालोपत्रे र टर्मिनल भवन निर्माणको कार्य भइरहेको छ । जिल्लामा उहाँले राजनीतिक दलहरुसँग भेटघाट, सरकारी कार्यालयका कार्यालय प्रमुखहरुसँगको जिल्ला प्रशासन कार्यालयमा भेटघाट र पार्टीका धुर्कोट र मदाने गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।