राष्ट्रिय | राजनीति |

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एमाले केन्द्रीय कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार अनुसार पार्टी अध्यक्ष ओलीमा कोरोना संक्रमण देखिएपछि आज हुने भनिएको एमालेको पत्रकार सम्मेलन कार्यक्रम पनि स्थगित भएको छ । एमाले पार्टीको आधिकारिक धारणा प्रेस वक्तव्यमार्फत जानकारी गराइएको छ ।