राष्ट्रिय |

बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, २७ घाईते


जयकृष्ण यादव
लौकही (सुनसरी), माघ २२ गते । सुनसरीको कोशी गाउँपालिका १ र भोक्राहा नरसिहं गाउँपालिका ३ र ६ को सिमानास्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा अचानक आगलागी भएको छ । आगलागी भई दुर्घटना हुँदा घटनास्थलमा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

खुनिया पुलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.८.ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएका हो । उक्त घटनामा बस चालक पाँचथर जिल्ला घर भएका ३६ वर्षीय सुरेन राई, ट्रक चालक बाराको निजगढ ९ निवासी २७ वर्षीय शेख फिरोज र बसमा सवार एक पुरुष रहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार उक्त आगलागीमा घाइते हुनेहरुमा बाराको निजगढ ९ का ४३ वर्षीय दीपक श्रेष्ठ हितका २७ जना छन् । काठमाण्डौको मैतीदेवीका ५० वर्षीय सदाकत मिया, मोरङ मिक्लाजुङ गाउँपालिका २ का १९ वर्षीय सबिन दाहल, उदयपुर चौदण्डीगढी ४ का २२ वर्षीय दिलकुमार बि.क, पाँचथरको फिदिम १० का ३८ वर्षीय पेवाहाङ जगेबु , देश भारत जलपायुगुडीका ६५ वर्षीय अमृता लामा, निजको छोरी ४२ वर्षीय मुन्ना लामा प्रधान, ५६ वर्षीया मनिता लामा, सोही ठाउँका उमेश लामा, रेखा लामा, नर्गेन लामा, सोनाम तामाङ, देश भारत बिहारका २३ वर्षीय महेन्द्र कनारे, पर्व लाम्बा, दोलखा बिभु ७ का ५६ वर्षीय मिङमा शेर्पा, निजको श्रीमती ४३ वर्षीया माया कुमारी तामाङ, छोरा ११ वर्षीय सुभाष तामाङ, उदयपुर त्रियुगा १० का २१ वर्षीय रोशन मुर्मु, मोरङको सुन्दरहरौचा ८ का २३ वर्षीय बिक्रम कटुवाल सहितका घाइत भएका छन् ।

त्यसैगरी, उद्यपुरका ४४ वर्षीय सुभास घिमिरे, इलामको माईजोमाई ४ का ४४ वर्षीय गोपाल दाहाल, तेर्हथुम दाङराषा ८ का ३३ वर्षीय जितबहादुर लिम्बु, धनुषाको धनुषा नगरपालिका ६ का २६ वर्षीय राहुल कुमार मण्डल, झापाको मेचीनगर १ का ३६ वर्षीय नवीन दुङगेल, नुवाकोटको त्रिसुली ५ का ३२ वर्षीय जीवन कुमाल, निजको श्रीमती २२ वर्षीया सबिना कुमाल र अछाम कमलबजार ७ का २१ वर्षीय दिनेश अधिकारी छन् । सबै घाइतेको, मुख, अनुहार, हात खुट्टामा चोट लागेको छ । केहीको इनरुवा अस्पातलमा उपचार भएको छ भने केहीको विराटनगरको न्यूरो अस्पातल, विराट नरसिंह होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।