राष्ट्रिय |

कामु प्रन्या कार्कीले न्यायाधीशहरूसँग अनौपचारिक छलफल गर्दै

काठमाडौं, फागुन २ गते । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज अनौपचारिक छलफलका लागि सर्वाेच्चका न्यायाधीशहरूलाई बोलाउनुभएको छ ।
सोमबार दिउँसो साढे १ बजे सर्वोच्च अदालत कामु प्रधानन्यायाधीश कार्कीले अनौपचारिक छलफल गर्न बैठक बोलाउनुभएको सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिनुभयो ।
कामु प्रधानन्यायाधीश कार्कीले परिवर्तिक सन्दर्भमा अब कसरी अगाडि बढ्ने, सर्वोच्चका कामलाई सम्पादन गर्ने विषयमा छलफल बैठक बोलाउनुभएको न्यायाधीश कार्कीले बताउनुभयो ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च सञ्चालनका सम्बन्धमा छलफल हुँदैछ .