राप्रपा केन्द्रीय पदाधिकारीको बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं, फागुन ३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक मङ्गलबार दिउँसो ३ बजे बस्दैछ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगका विषयमा छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।
यससँगै अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता र स्थानीय तहको चुनावलगायतका विषयमा छलफल हुने उहाँको भनाइ छ ।
यसलगायत समसामायिक राजनीतिक विषयमा छलफल हुने पनि उहाँले जानकारी दिनुभयो ।