सभामुखले बाेलाउनुभयाे कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं, फागुन १५ गते । सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । आइतबार बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा समितिको बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो ।
प्रतिनिधिसभा संसद्को बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद् बैठकको व्यवस्थापन एवम् विभिन्न विषयमा छलफलका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै आएको छ ।