राष्ट्रिय | राजनीति |

वीरेन्द्रनगरमा जारी निषेधाज्ञा हटाइयो

वीरेन्द्रनगर समाचारदाता
सुर्खेत, फागुन १८ गते। शान्ति सुरक्षाको अवस्था समान्य भएपछि वीरेन्द्रनगरमा जारी निषेधाज्ञा बिहीबार विहान ६ बजेबाट लागू हुने गरी  हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरेर वीरेन्द्रनगरका विभिन्न ठाउँमा जारी गरेको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो।

संसद्बाट एमसीसी अनुमोदन भएपछि सोमबार छ दल र दुई मोर्चाले आह्वान गरेको बन्दका कारण वीरेन्द्रनगर तनावग्रस्त बन्दा सोमबार र मंगलबार कर्फ्यू जारी गरिएको थियो। अवस्था सामान्य बन्दै गएपछि मंगलबार साँझ ७ बजेदेखि कर्फ्यू हटाएर वीरेन्द्रनगरमा निषेधाज्ञा जारी भएको थियो।

प्रशासनले शान्ति सुरक्षाको स्थिति समान्य अवस्थामा आएकाले बुधबार साँझ ६ बजेदेखि हटाइएको जनाएको छ।