राष्ट्रिय |

सुदूरपश्चिम सरकारमा नेकपा एसलाई स्थापित गर्नुपर्छ: नेता कुँवर


काठमाडौं, फागुन २६ गते । नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवरले सुदूरपश्चिम सरकारमा आफ्नो पार्टीलाई स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेता शेरबहादुर कुँवरले सुदूरपश्चिम क्षेत्रका नेताहरुले त्यहाँ आफ्नो पार्टीलाई स्थापित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको हो । पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको हो ।

‘सुदूरपश्चिम सरकारमा काँग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ । त्यहाँ माओवादी र हाम्रो पूर्ण बहुमत छ । काँग्रेसलाई बलियो भनाउने कि हामीलाई स्थापित गर्ने ?,’ उहाँले भन्नुभयो, ‘उसलाई अहिले पनि उच्च स्थान दिएका छौं । उसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन । त्यसकारण काँग्रेसलाई हैन हाम्रो पार्टीलाई बलियो बनाउने गरी ध्यान जानुपर्यो ।’