राष्ट्रिय |

निर्वाचन आयोग १७ राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं, फागुन २७ गते । निर्वाचन आयोगले १७ राजनीतिक दलका प्रतिनिधिसँग स्थानीय तह निर्वाचनबारे छलफल गर्दै छ ।  सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग शुक्रबार आयोगले छलफल गर्न लागेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान साढे ११ बजे छलफलका लागि आयोगमा बोलाएको जानकारी दिनुभयो । निर्वाचन घोषणा भएपछि आयोगले गरेको अहिलेसम्मको प्रगति, स्थिति र दलहरुबाट गरेको अपेक्षाको सन्दर्भमा छलफल गर्न लागिएको उहाँले बताउनुभयो ।

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आयोगले ७९ दललाई मान्यता दिनएको छ । आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको हो ।