चुनाव प्रचारप्रसार जुट्न माधव नेपालको आव्हान
काठमाडौं, चैत ३ गते । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनको प्रचार प्रसारमा जुट्नु सबैमा आव्हान गर्नुभएको छ । बिहीबार काठमाडैंमा आयोजित होली पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले खासगरी पार्टीको चुनाव चिन्ह ‘कलम’ को कमाल स्थानीय चुनावमा देखिनुपर्ने भन्नुभएको हो ।
‘सत्य र न्यायको प्रतिकमा रहेको कलम, प्रचार अभियानमा गाउँ–बस्तीमा जुटौं, भन्नुहुँदै उहाँले पार्टी, संगठन र जनपरिचालनमा जुट्न आव्हान गर्नुभयो ।
पार्टीको सामथ्र्य राष्ट्रिय सभाको चुनामा देखाइसकेको र अब स्थानीय चुनावमा हाम्रो सामथ्र्य देखिन्छ, हामीलाई खिसिट्युरी गर्नेको हरिबिजोग देखिन्छ । होलिका दहन भइजस्तै त्यस्ताहरुको दहन हुने उहाँले भन्नुभएको छ ।
आउँदो वैशाख ३० को चुनावले जनतालाई यही फैसला गर्ने अधिकार दिएकाका कारण चुनावबाट प्रतिगामी भूमिका खेल्नेहरु दण्डित हुनुपर्ने र असल चरित्र र पात्रलाई अघि सार्नुपर्ने पनि उहाँले बताउनुभयो ।
यसका लागि मिडियाले पनि साँचो, गलत वा के कुरा कमर्सियल हो भन्ने कुरा छुट्याएर जनतामाझ सत्य, तथ्य नबंग्याइकन सूचना सम्प्रेषण गर्नुपर्ने पनि उहाँले भन्नुभयो ।