राष्ट्रिय | खुला |

‘पिच’ दबाउने मेसिनको ठक्करबाट सुपरभाइजरको मृत्यु

नारद कोहार

तौलिहवा, चैत्र ८। कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ गैडहवा स्थित हुलाकी सडक पिच गर्ने क्रममा पीटीआर मेसिन (पिच दबाउने) को ठक्करबाट सुपरभाइजरको मृत्यु भएको छ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका ४ पण्डित डिहवाका ३५ वर्षीय वसन्तकुमार यादव रहेको प्रहरीले जनाएको छ। उहाँको ग २ क ४३३९ नम्बरको पीटीआर मेसिनले रोड दबाउने क्रममा ठक्कर दिएको र उपचारको क्रममका ज्यान गएको हो। मृतक यादव हुलाकी सडक आयोजनाको तर्फबाट सुपरभाइजर रहेका थिए।

मृतकको शव कपिलवस्तु अस्पताल तौलिहवामा राखिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो। चालक र मेसिन प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हुलाकी सडक निर्माणको जिम्म शर्मा एण्ड शर्मा कम्पनीले लिएको छ।