नेपाल भारतबीच प्रगाढ सम्बन्ध छ : आरजु राणा
काठमाडौं, चैत १९ गते । प्रधानमन्त्री शेरबहादर देउवासँगै छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा सँगै जानुभएकी उहाँकी पत्नी एवम् काँग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले नेपाल भारतबीचको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको छ ।
भारतीय सञ्चारमाध्यममा प्रतिक्रिया दिनुहुदै उहाँले भारतले नेपाली प्रतिनिधि मण्डलकाे भारतमा भव्य स्वागत गरेको र यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकाे उत्तर प्रदेश राज्यका मुख्यमन्त्रीलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।
‘दुई देश बीचको सम्बन्ध एकदमै नजिकको छ । विगतदेखि चल्दै आएको यो सम्बन्ध सधैंभरीको लागि चलिरहनेछ, चल्नुपर्छ । मलाई यस्तो लाग्दैन कि, जो सम्बन्ध दुई देशबीच यति प्रगाढ हुन्छ ।’, उहाँले भन्नुभयो ।
भारतका नागरिक पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी जस्ता धार्मिस्थलहरुमा पूजापाठ, धर्म गर्न आउने र नेपालबाट पनि बद्रीकेदार, चारधाम लगायतका धार्मिकस्थल जाने गरेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवासहित उहाँ आइतबार साँझ स्वदेश आउनुहुनेछ ।