राष्ट्रिय | राजनीति |

काँग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमिति विस्तार

काठमाडौं, चैत २३ गते । सत्ताको नेतृत्वकर्ता दल नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन अन्तर्गत गठित ‘नेपाली काँग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रचार उपसमिति’ विस्तार गरेको छ । बुधबार स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको निर्णय अनुसार समिति संयोजक डा. प्रकाशशरण महतले थप सदस्य मनोनित गर्नुभएको हो ।

डीबी गुरुङ संयोजक रहनुभएको सांस्कृतिक समन्वय प्रचार–प्रचार उपसमितिमा देशभरबाट थप सदस्य मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।