खुला | समाज |

स्थानीय सरकारले बेवास्ता ग-याे, युवा सडक खन्दै


चित्र मिजार
सिन्धुपाल्चोक, भदौ २१ गते । सिन्धुपाल्चोकको खाग्दल क्षमादेवी दोलाङसा बिगु हुँदै लामाबगर पुग्ने ३८ किलोमिटर सडक बाह्बिसेका युवाले घरखर्च कटाएर पुनः निर्माण गर्न थालेका छन् ।
स्थानीय सरकारदेखि केन्द्रीय सरकारले उक्त सडक पुनः निर्माणमा चासो कम दिएपछि युवा आफँैले रकम हालेर सडक पुनःनिर्माण थालेका हुन् । बाह्बिसे नगरपालिकाका सामाजिक युवा तिलक बस्नेतले घरखर्च कटाएर सडक पुनः निर्माण थालेको बताउनुभयो । पहिलो चरणमा स्थानीय युवाहरुले सात लाख रुपियाँ हालेर सडक पुनः निर्माण थालेको बस्नेतले जानकारी दिनुभयो ।
असार २४ गतेको बाढीले उक्त सडक जगैदेखि बगाएको थियो । सडक बगाएपछि सो रुटका हजारौं स्थानीय आउजाउ गर्न समस्यामा परेका थिए । खाग्दलबाट सडक खन्न थालिएको छ । सो खण्ड बाढीले पूर्णरुपमा बगाएको थियो । बाढीले सडक बगर बनाएपछि सोही स्थानमै ट्रयाक खोल्न शुरु गरिएको छ ।
उक्त सडक पुननिमार्ण गर्न स्थानीय युवाले बाह्बिसे नगरपालिकामा पटकपटक आग्रह गरेका थिए । विभिन्न समयमा डेलिगेशन पनि गएका थिए । तर उनीहरुको माग नगरपालिकाले नसुनेको तिलक बस्नेतले जानकारी दिनुभयो । सोही कारण हामीहरु आफैँले घरखर्च कटाएर सडक पुन निमार्ण थालेका हौं उहाँले बताउनु भयो ।
पूर्व सञ्चारमन्त्री समेत रहेका बस्नेतले साँसद हुदाँ ५८ करोड बजेट विनियोजन गरि उक्त सडक खनिएको थियो । सोही सडक बाढीले बगाएपछि अहिले पुन निमार्ण गर्न थालिएको हो ।