समाज | कला |

खड्ग पायः जात्रा नामक पुस्तक लोकार्पण

गोरखापत्र अनलाइन
ललितपुर, कात्तिक ३० गते । पत्रकार प्रशान्त मालीले लेख्नुभएको खड्ग पायः जात्रा नामक पुस्तक लोकार्पण गरिएको छ ।

सो पुस्तक आइतबार  मगंलबजारमा आयोजित एक कार्यक्रमकाबीच ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जन, वाग्मती प्रदेशका सासंद् शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

खड्ग पायः जात्राको विषयमा पुस्तक लेरुनुभएका पत्रकार मालीसहित पत्रकारहरु सुनिल महर्जन र राजेश बज्राचार्यलाई सम्मान पनि गरिएको थियो ।
लिच्छिविकालीन संस्कृति, धार्मिक र ऐतिहासिक महत्वको पायः जात्रा २३ वर्षदेखि रोकिएको थियो । सो जात्रा सम्बद्ध पक्षको सजगताको कारण पुनः विसं २०७५ सालदेखि प्रदर्शन गरिएको छ ।

समारोहमा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनले संस्कृति पर्व संरक्षणका लागि सबै एकजुट भएर अघि बढेको हुनाले बन्द भएको अमूर्त संस्कृति सञ्चालन सम्भव भएको बताउनुभयो ।
सो अवसरमा विभिन्न गुठीका गुठीयार, बाजा खलः, जातीय समाजका प्रतिनिधिलगायतलाई सम्मान गरिएको थियो ।