खुला |

इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा

गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवालविरुद्ध १० लाख रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० के.भी. प्रसारण लाइन आयोजना हेटौँडाका कार्यालय प्रमुख नवौँ तहका इन्जिनियर जैसवालविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, निर्माणाधीन प्रसारण लाइनभित्र पर्ने रुखहरू कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिन सेवाग्राहीसँग घुस लिएको पाइएपछि मुद्दा दर्ता गरिएको हो ।