सुत्केरी बेथाले छट्पटाएकी महिलाको चार दिनपछि हवाई उद्धार
हुुम्ला समाचारदाता
हुम्ला मङ्सिर २८ गते । चार दिनदेखि सुत्केरी बेथाले छटपटाइरहेकी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बेथा लागेको खबर जिल्लामा आएपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उहाँको उद्धार गरिएको हो ।
सर्केगार्ड गाउँपालिका वडा नम्बर ७ को ठुलागाउँकी ३३ वर्षकी जमुना कार्कीको सुत्केरी बेथा लागेको चार दिनपछि हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले बताउनुभयो । निकै जटिल अबस्थामा पुगेको र जिल्ला बाहिर रिफर गर्नुपर्ने भएपछि केन्द्रसँंगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उहाँको उद्धार गरिएको अनमी बोहराले बताउनुभयो । हेलिकोप्टरबाट उद्धार भएप्छि उहाँको ज्या नबचेको छ । बेथा लागेको जानकारी शनिबार प्राप्त भए पनि केन्द्रसँग समन्वय गर्न नपाइएपछि आइतबार मात्र नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारकार्य भएको हो ।