खुला |

गैंडाकोटमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

होमराज रानाभाट
गैंडाकोट पुस ८ गते । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं ३ मा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
बुलिगंटार गाउँपालिका वडा नं १ थामबेसी बाट गैंडाकोटतर्फ आउँदै गरेको ना३ख ५३३९ को टक गैंडाकोट नगरपालिका ३ भोक्रोफाँट को सेतीभीरबाट एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो ।
गैँडाकोट नगरपालिका वडा नं. ३ कालिगण्डकी करिडोरको काममा प्रयोग भएको सो ट्रक बिहान ७ बजे भीरबाट खस्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको खाँडले बताउनुभयो । मृतकहरुको हालसम्म परिचय खुल्न सकेको छैन ।
घटनास्थल पुुगेका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले मृतकको शव अहिले पनि भीरमै रहेको जानकारी दिनुभयो । लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो ।घटनास्थल गैंडाकोटबाट २६ किलोमिटर उत्तरमा पर्दछ ।