खुला | समाज |

विपन्न परिवारका लागि घर निर्माण


जयकृष्ण यादव
इनरुवा, माघ १० गते । सुनसरीको इटहरी उपमहानगरपालिकाले विपन्न समुदायमा पर्ने मुसहर परिवारका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । इटहरी उपमनपा वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहर वस्ती सामूहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो । तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख रुपियाँ लगानीमा ती घरहरु निर्माण गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । त्यहाँ भित्रि बाटोहरु, चिल्डे«न पार्क, सामुदायिक भवन र दिनाभद्रिको मठ समेत बनाइएको इटहरीका प्रमुख द्धारिकलाल चौधरीले बताउनुभयो । वहाँले इटहरी उपमहानगरपालिका विपन्न जनताको हीतमा आफू गम्भीर रहेको समेत वताउनुभयो । जनताको आँगनमा खुशियाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको चौधरीले बताउनुभयो । वडा नम्वर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सो ठाँउमा ५० घर रहेको नमूना वस्ती निर्माण गरिने योजना रहेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाले विपन्न परिवारका लागि निर्माण गरिएको सुविधा सम्पन्न घर ।