खुला | समाज |

ज्येष्ठ नागरिकहरुकाे लागि एकदिने भोजन कार्यक्रम सम्पन्न


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १८ गते । सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था–नेपालको २० औँ वार्षिकोत्सवको अवसरमा देवघाट गाउँपालिकास्थित देवघाट समाज कल्याण केन्द्र (वृद्घाश्रम)मा ज्येष्ठ नागरिकहरुको लागि भोजन कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा संस्थाका वरिष्ठ अनुसन्धान अधिकृत श्री प्रेम प्रकाश पंडितले वृद्घाश्रममा बसोबास गर्दै आउनुभएका जेष्ठ नागरिकहरु तथा आश्रमको व्यवस्थापन समितिलाई कार्यक्रममा स्वागत गर्दैे विगत ८ वर्षदेखि जेष्ठ नागरिकहरुलाई एक छाक भोजनको कार्यक्रम राख्दै आएको बताउनुभयो ।

संस्थाको छोटो परिचय दिँदै संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रा.डा. धर्मराज डंगोलले सामाजिक तथा वातावरणबारे अध्ययन अनुसन्धान गरी उक्त उपलब्धी समाजको हितमा प्रयोग गर्दै आएको जानकारी प्रा.डा. धर्मराज डंगोलले बताउनुभयो ।

उहाँले नेपालको शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउन यस संस्थाले कोसिस गर्दै आएको स्मरण पनि गर्नुभयो । वृद्घाश्रमका ३७ जना वृद्घवृद्घाहरुलाई सामाजिक दूरी कायम राखी सुरक्षा प्रोटोकल अपनाई भोजन प्रदान गरिएको थियो । फाेटाे साैजन्य –प्रा.डा. धर्मराज डंगोल