खुला | प्रदेश |

वडाध्यक्ष रानामगरको भारतमा निधन   

मुग्लिन, माघ २१ गते । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उहाँको निधन भएको हो । लामो समयदेखि कलेजो पीडित हुनुभएका अध्यक्ष रानामगरको ३८ वर्षको उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताउनुभयो ।

उहाँको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । रानामगरको श्रीमती र एक छोरी हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।