समावेशी आयोगको अध्यक्षद्वारा पद अस्वीकार
बझाङ, माघ २१ गते । तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गर्नुभएको छ । खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताउनुभयो ।
खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हुँदै जिल्ला विकास समिति सभापति हुनुभएको थियो ।