खुला |

प्यूठानमा जीप दुर्घटना, एकको मृत्यु, तीन घाईते

सुजल श्रेष्ठ
प्यूठान, माघ २३ गते । प्यूठानमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो सरुमारानी गाउँपालिका–६ मोतिपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । गाडीमा नौ जना यात्रु सवार थिए । गाडीमा चढेका यात्रुका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट ५० मिटर तल खसेको छ ।