खुला | समाज |

एकल महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको हाटबजार

गोरखापत्र समाचारदाता
काठमाडौं, फागुन २५ गते । अन्तराष्ट्रिय दिवसको अवसरमा एकल महिला समूहले एकल महिलाको सामाजिक रुपान्तरणमा आधारित अभियानको अभिलेखिकरण कक्ष अवलोकन तथा स्थानीय महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको हाटबजारको आयोजना गरेको छ ।

संस्थाले नेपालमा दुई दशकदेखि एकल महिलाहरुको सवाल र सशक्तिकरणसँग जोडिएको सबै पक्षलाई समेटेर अभिलेखिकरण गर्ने कार्य गर्दै आइरहेको छ ।
सो अभिलेखिकरण कक्षको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले अवलोकन गर्दै संस्थाले एकल महिलालाई संगठित मात्र नगरी उनीहरुलाई बाच्ने आधार समेत प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

एकल महिला समूहको कार्यालय हात्तिगौडामा सञ्चालित सो कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका एकल महिलाहरुले बनाएका हस्तनिर्मित सामाग्रीका साथै तरकारी, अचारलगायतका खानेकुरा विक्रीको लागि राखिएको थियो ।