खुला |

करेन्ट लागेर युवकको मृत्यु   

पाँचथर, चैत १९ गते । करेन्ट लागेर यहाँका एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो ।आज बिहान घर नजिकैको विद्युतकाे पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई करेन्ट लागेको थियो ।

 करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएकामा दिउँसो चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।