सुनसरीमा चट्याङबाट एक जनाको मृत्यु
इनरुवा, वैशाख १८ गते । सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।
सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिनुभयो ।