खुला |

प्रहरी कार्यालय दोलखाले ५८ थान सिलिन्डर सङ्कलन गरी हस्तान्तरण

चरीकोट, जेठ १ गते । कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर सङ्कलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका खाली तथा भरिएको अक्सिजनका सिलिन्डर प्रहरीले संकलन गरेर चरीकोट अस्पताललाई प्रदान गरेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनुभयो ।    
 जिल्लामा आजसम्म दोस्रो चरणको कोभिडका कारण ४३३ जना सङ्क्रमित भइसकेका छन् ।

तीमध्ये हालसम्म १९ जना निको भइसकेका छन् भने चार जनाको मृत्यु भएको छ । कोभिड सङ्क्रमित ३१ जनाको चरीकोट अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये चार जनाको गम्भीरावस्था रहेको अस्पतालका निर्देशक डा विनोद डंगाेलले बताउनुभयो ।