विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन
काठमाडौँ, असार १० गते । विभिन्न दल निकट विद्यार्थी संगठनले आज प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरका छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौँं) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।
कोभिड–१९ सङ्क्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताउनुभयो ।गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ ।