कर अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौँ, असार १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपियाँ एक लाख ५० हजार घुस लिएकाे अभियोगमा आन्तरिक राजश्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि घुस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट गएको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढकालविरुद्ध बिगो बमोजिम कारवाहीको माग गरिएको छ ।