खुला | फोटो फिचर |

भेमाथाङ पुगेको विज्ञ टोली मेलम्ची आइपुग्यो (फोटो फिचर)

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । मेलम्चीमा गएको भेलबाढीको अध्ययन गर्न भेमाथाङ गएको विज्ञ टोली मेलम्ची ध्याङ आइपुगको छ । मौसम प्रतिकूल भएकाले मेलम्ची नगरपालिकाले पूजाका लागि लामाहरु भेमाथाङ पठाएको हेलिकोप्टरमा लिफ्ट मागेर सो टोली मेलम्ची माथिको अन्तिम मानवबस्ती रहेको स्थान मेलम्ची ध्याङमा आइपुगेको र काठमाडौ आउन नेपाली सेनाको हेलिकोप्टरको प्रतीक्षामा रहेको खानी विभागका भूगर्भविद शिब बास्कोटाले बताउनुभयो ।


माथि मौमस निकै प्रतिकुल भएकाले आफूहरु लिफ्ट मागेर आउनु परेको बताउनुभयो । सोही टोलीमा जानुभएका गाइड सोनाम लामाले पनि मौसम प्रतिकुल भएका हेलिकोप्टरबाट लिफ्ट मागेर आफूहरु तल झर्न सफल भएको बताउनुभयो ।

तस्बिर साैजन्य : साेनाम लामा