खुला |

प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर

काठमाडौं, भदौ १३ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज विजयकुमार यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको र शैलेन्द्र साहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।  यसअघि आर्थिक मन्त्रालयको जिम्मेवारी यादवले र भूमि मन्त्रालयको जिम्मेवारी साहले सम्हानुभएको थियो ।