खुला | प्रदेश | समाज |

व्यास नगरपालिकामा तीजमा सार्वजनिक बिदा


अमरराज नहर्की
तनहुँ, भदौ २३ गते । तनहुँको व्यास नगरपालिकाले हरितालिका तीजको अवसरमा भाद्र २४ गते बिदा दिएको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षमा मङ्गलबार बसेको कार्यपालिकाको बैठकले नगरपालिका अन्तर्गतका कार्यालयमा बिदा दिने निर्णय भएको प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।