एमाले नेता योगेश भट्टराई वीर अस्पताल भर्ना
काठमाडौं, कात्तिक ६ गते । नेकपा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शुक्रबार वीर अस्पताल भर्ना हुनुभएको छ । उच्च ज्वरोको कारण केही दिनदेखि घरमै आराम गरिरहनुभएका भट्टराईको ज्वरो कम नभएपछि अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिनुभएको छ ।
वीर अस्पतालका चिकित्सकका सल्लाह अनुसार भट्टराईको सात दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको पनि गुरागाईले बताउनुभएको छ ।