महकालीमा भारततर्फ जाँदै गरेको डुङ्गा पल्टिदा एकको मृत्यु, एक बेपत्ता
गोकर्ण दयाल
बैतडी, कात्तिक १० गते । नेपालबाट भारत जँदै गरेको डुङ्गा महाकाली नदीको नङरौं घाटमा पल्टिदा एक बालको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । डुङ्गामा १० जना सवार रहेका थिए ।
बैतडीको शिवनाथ गाउँपालिका–१, खाँड स्थित नङरौं घाटमा डुङ्गा पल्टिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।
बुधबार साँझ ६ः३० बजे बैतडीको शिवनाथबाट महाकाली नदी तरेर भारत जाँदै गरेको डुङ्गा पल्टिदा एक जना बालकको मृत्यु भएको र एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताउनुभयो ।
प्रहरी निरीक्षक दर्शन खड्काले कोरोना कहरपछि गृह मन्त्रालयले महाकाली नदीमा डुङ्गा चलाउन बन्द गरेको भए पनि अवैध तरिकाले डुङ्गा चलाउँदा दुर्घटना भएकोे बताउनुभयो । घटना बारे अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।कोरोना कहरपछि नेपाल–भारत जोड्ने महकाली नदीका सात वटा घाटबाट डुङ्गा आवत–जातवतमा गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ ।
गृह मन्त्रालयले महाकाली नदीमा डुङ्गा चलाउन रोक लगाए पनि स्थानीय सरकारले डुङ्गा चल्ने घाटबाट कर उठाउँदै आईरहका छन् ।
महकाली किनार नजिक भारतसँग सीमा जोडिएका बैतडीको शिवनाथ गाउँपाकिला र पञ्चेश्वर गाउँपालिकामा महाकाली नदी तर्ने सात वटा घाट रहेका छन् ।
स्थानीय सरकारले नेपाल–भारत आउनन जान महकाली नदीका डुङ्गाबाट वार्षिक लाखौं रुपियाँ कर उठाउँदै आईरहेका छन् । बैतडीको शिवनाथ गाउँपालिकाबाट भारततर्फ जाँदै गरेका १० जना नेपाली सवार रहेको डुङ्गा पल्टिएको हो । डुङ्गा पल्टिँदा दुईजना बेपत्ता भएकोमा एक बालिकाको शव फेला परिसकेको छ भने एकजना बालक बेपत्ता रहेका अध्यक्ष साउदले बताउनुभयो ।