खुला | प्रदेश |

गाँजासहित दुई जना प्रक्राउ

देवरामप्रसाद यादव
सप्तरी, कात्तिक ११ गते । सप्तरीको राजगढ गाउँपालिका –२ कमलपुर बोर्डर इलाकामा स.प्र.बल, नेपाल बोर्डर आउट पोष्ट बनैनियावाट खटिएको टोलीले २ जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।

अनटेष्ट अपाची आरटीआर १६० को मोटरसाईकलबाट भारततर्फ जाँदैगरेको अबस्थामा राजविराज न.पा. –२ राजदेवी टोलका १५ वर्षीय अजय मण्डल र कञ्चनरुप न.पा. –९ लदबेधी टोलका १४ वर्षीय रुपेश यादवलाई चेकजाँचका क्रममा निजहरुले बोकेको झोलाबाट २ के.जि.गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक काफ्लेले उक्त गाँजा, ब्यक्ति र मो.सा.सहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको बताउनुभयो ।