तनहुँका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नयाँ नेतृत्व
अमरराज नहर्की
तनहुँ, कात्तिक १२ गते । नेकपा (एमाले) ले तनहुँमा सात पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पालिका अधिवेशनमा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका आँबुखैरेनी गाउँपालिका, बन्दीपुर र ऋषिङ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी, उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन हुनुभएको छ । शुक्लागण्डकी नगरको अध्यक्षमा मुक्ति तिमिल्सिना र सचिवमा रघुनाथ पौडेललाई सर्वसम्मत चयन गरिएको छ । नेकपा एमाले भिमादको नगर कमिटीको अध्यक्षमा इमानबहादुर आले, उपाध्यक्षमा चर्तुभुज सुवेदी, र सचिवमा उमाकान्त श्रेष्ठ चयन हुनुभएको छ ।
एमाले भानुनगर कमिटीको अध्यक्षमा प्रेमबहादुर राना उपाध्यक्षमा दलनारायण श्रेष्ठ र सचिवमा दलनारायण श्रेष्ठ चयन हुनुभएको छ । उपाध्यक्षमा चर्तुभुज सुवेदी, र सचिवमा उमाकान्त श्रेष्ठ चयन हुनुभएको छ । आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी, उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा बेलबहादुर गुरुङ, सहसचिवमा जमालदिन मियाँ र पूर्णबहादुर आले चयन हुनुभएको छ ।
यस्तै बन्दीपुर गाउँ कमिटीको अध्यक्षमा सुरेन्द्र थापा, उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा कुलेन्द्र गौतम, सहसचिवमा रवि श्रेष्ठ र अमिर गुरुङ चयन हुनुभएको छ । ऋषिङ गाँउपालिकाको अध्यक्षमा गञ्जसिंह गुरुङ्ग चयन हुनु भएको छ । यसैगरि अधिवेशनवाट उपाध्यक्षमा हीरासिंह थापा, सचिवमा कविराज श्रेष्ठ, उपसचिवहरुमा भुवनवहादुर रानाभाट र पुनबहादुर विक चयन हुनुभएको छ ।
ऋषिङ गाउँपालिकाको अधिवेशनको नेकपा एमाले तनहुँका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य केदार सिग्देलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष सिग्देलले एमालेको पुनर्गठन सँगै पार्टीमा उर्जा थपिएको बताउनुभयो । निर्धारित समयमा जिल्लामा वडा अधिवेशन, र पालिकास्तरको निर्वाचनमा कार्यकर्ताको उत्साहले अगामी निर्वाचन पनि एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने दाबी गर्नुभयो ।
घिरिङ र म्याग्दे गाउँपालिकामा अधिवेशन कात्तिक १५ गतेसम्मलाई स्थगित गरेको छ । देवघाटमा कात्तिक १४ गते गरिने र तीनै पालिकामा सर्वसम्मत गर्ने प्रयाश भइरहेको एमाले तनहुँकी सचिव भगवती न्यौपानेले जानकारी दिनुभयो ।