खुला | प्रदेश |

एमाले डडेल्धुराको ४३ वडामा सर्वसम्मत नेतृत्व, १९ वर्षीया युवती वडासचिव

राजेन्द्र ठगुन्ना
अमरगढी, कात्तिक १३ गते । नवदुर्गा गाउँपालिका ३ मा १९ वर्षीया पार्वती धामी नेकपा (एमाले) को वडासचिवमा सर्वसम्म चयन हुनुुभएको छ । उहाँ डडेल्धुरामा सवैभन्दा कम उमेरमा वडासचिवमा निर्वाचित हुनुभएको हो ।

एमाले डडेल्धुारका अध्यक्ष प्रकाशबहादुर साउँदकाअनुसार अधिकांश वडा कमिटीहरुमा युवाहरुको नेतृत्व चयन भएको छ । डडेल्धुराको सात वटा स्थानीय तहका ५२ वडाहरुमध्ये ४३ वडा वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमाले डडेल्धुराका संगठन विभाग प्रमुख प्रदीपकुमार पन्तले बताउनुभयो ।

वडा अधिवेशन सम्पन्न हुन बाँकी रहेका ९ वटा वडाहरुको अधिवेशन कात्तिक १४ गतेभित्र सम्पन्न गरी कात्तिक १५ गते सात वटै पालिकाहरुको अधिवेशन सम्पन्न गर्नेगरी तयारी भएको नेता पन्तले बताउनुभयो ।