खुला | समाज |

राष्ट्रिय सुस्त मनस्थिति कल्याण संघ कार्यसमिति सर्वसम्मतिले चयन


काठमाडौं, कार्तिक १४ गते । राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संघको २४ औं केन्द्रीय सभाले लम्बोदर कायस्थको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । काठमाडौंमा भएको केन्द्रीय सभापछि भएको निर्वाचनमा सर्वसम्मति जुटेको नवनिर्वाचित महासचिव रविन्द्र के.सी.ले बताउनुभएको हाे ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मलकुमार श्रेष्ठ, महासचिवमा रविन्द्र के.सी. कोषाध्यक्षमा उर्गादेवी श्रेष्ठ, सचिवमा अगमकुमार पालिखे र सहकोषाध्यक्षमा विष्णुबहादुर श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा संझना श्रेष्ठ,विश्वनाथ ओझा,गोपालप्रसाद निरौला,सपना बादे, राम श्रेष्ठ र निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारी रहनुभएको छ ।