खुला | प्रदेश |

एमाले सिन्धुलीको सबै स्थानीय तहमा अधिवेशन सम्पन्न

बाबुराम देवकोटा
सिन्धुलीमाढी, कात्तिक १४ गते । सिन्धुलीको सबै स्थानीय तहमा नेकपा (एमाले) को सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ । जिल्लाको हरिहरपुरगढी गाँउपालिकामा शनिबार बेलुका सर्बसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सकिएपछि नौ वटै स्थानीय तहमा अधिवेसन सम्पन्न भएको एमाले सिन्धुलीले जनाएको छ ।

पार्टीकाअनुसार अधिवेशनले हरिहरपुरगढी गाउँपालिकामा मानबहादुर वाईवाको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । त्यस्तै स्थानीय तह अधिवेशनले कमलामाई नगरपालिकाको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ, दुधौली नगरपालिकामा लक्ष्मण कार्की, तीनपाटन गाउँपालिकामा छत्र दाहाल, फिक्कल गाँउपालिकामा रामप्रसाद भण्डारी, गोलन्जोर गाँउपालिकामा रेगनराज थापा, सुनकोसी गाँउपालिकामा रोमराज गिरि, घ्याङलेख गाँउपालिकामा चतुर्मान् लो र मरिण गाँपालिकामा श्रीलाल माझीको अध्यक्षतामा स्थानीय तहको कमिटी चयन गरेको छ ।

पार्टीका जिल्ला उपसचिब तथा कमलामाई नगरपालिकाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले अधिवेवशनले सबै स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिबसहित पाँच जना पदाधिकारी रहेको ७५ सदस्यीय स्थानीय कमिटी गठन गरेको जानकारी दिनुभयो । सो कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरी कम्तीमा पनि २५ जनाको सहभागिता रहेको र २५ जनाको सचिवालय गठन गरेको उहाँले बताउनुभयो ।

उक्त पार्टीकाअनुसार कात्तिक ९ गते सुरु भएको स्थानीय तह अधिवेशन पहिलो दिनमा नै छ वटा पालिकामा सम्पन्न भएको थियो । बाँकी कमलामाई नगरपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गर्दा अधिवेशन लम्बिएको थियो ।