छ दिनदेखि बेपत्ता तीन फ्रान्सेली आरोही अझै भेटिएन
काठमाडौं, कात्तिक १५ गते । खुम्बु क्षेत्रमा रहेको खाङतेका हिमाल आरोहणमा गएका तीन जना फ्रान्सेली नागरिक छ दिनदेखि बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं प्रवक्ता ऋषिराज ढकालले सोमबार हेलिकप्टरबाट खोजी गर्दा पनि फेला पार्न नसकिएको जानकारी दिनुभयो ।
असोज १८ गते काठमाडौंबाट लुक्ला हुँदै उहाँहरु आधारशिविरतर्फ गएको प्रहरीले जनाएको छ । आरोहण टोलीका आठमध्ये थोमस, गाब्रियल र लुइस अझै सम्पर्क विहीन रहेको प्रहरीले जनाएको हो ।
खाङतेका हिमाल आरोहणमा गएका आठ जनामध्ये पाँचजना सम्पर्कमा आएका छन् । उहाँहरु होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसन कम्पनीको आयोजनामा हिमाल आरोहणमा गएका उहाँहरु मध्ये तीन पुरुष आरोही कात्तिक ९ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।