मानव सेवा आश्रममा सामूहिक भाइटीका
मुना हमाल
सुर्खेत, कात्तिक २० गते । सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा पनि भाइटीका लगाइएको छ । आश्रममा रहनुभएका व्यक्तिहरुले सामूहिक रुपमा भाइटीका लगाउनुभएको हो ।
आश्रममा आश्रित व्यक्तिहरुले भाइटीका लगाएको कर्णाली प्रदेश संयोजक सिर्जना वलीले जानकारी दिनुभयो । सडक तथा पेटीमा जीवन बिताइरहेकाहरूलाई उद्धार गरेर मानव सेवा आश्रमले हेरचाह गर्दै आएको छ ।
परिवारमै रहेको आभास हुने भएकाले मानव सेवा आश्रमले भाइटीकाको आयोजना गरेको उहाँको भनाइ छ । आश्रममा हाल ७१ जना व्यक्ति रहेका छन् । उहाँले भन्नुभयो, ‘सबैले एकअर्कोलाई टीका लगाइदिनुभयो । हामीले पनि उहाँहरुलाई टीका लाइदियौँ, रमाइलो भयो ।’