खुला | प्रदेश |

गरिब तथा विपन्न कृषकलाई ५२५ थान काेदालो वितरण

जयकृष्ण यादव
इनरुवा, कात्तिक २२ गते । सुनसरीको कोशी गाउँपालिकाले गरिव तथा विपन्न कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रिकरणको प्रचार गर्न काेदालो वितरण गरेको छ ।

गाउँपालिकाले थालेको कृषिमा साझेदारी अभियानको प्रचारप्रसार र खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्दै राष्ट्रिय समृद्धि हासिलका लागि उत्पादनमा बृद्धि गर्न कृषि औजार कोदालो वितरण गरेको बताएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत ८ वटा वडाका कृषकलाई जोत्नेदेखि खन्नेसम्मका उपकरण उपलब्ध गराएको छ । सो क्रममा कोशी गाउँपालिका ७ हरिपुरका किसानलाई कृषि औजार कोदालो वितरण गरेको उपाध्यक्ष अनिता यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार गाउँमा अध्यक्ष कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८ का कृषकलाई आवश्यकतामा आधारिक सहयोग गर्दैआएको छ । हरिपुरमा कोशी ७ नम्बर वडा कार्यालयको परिसरमा खेतमा काम गर्न कोदालो प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ७ का कृषकलाई कादालो प्रदान गरिएको अंसारीले बताउनुभयो । अध्यक्ष अंसारीले कोशी गाउँपालिका वडा नम्बर ७ का ५२५ कृषकलाई एकसाथ काेदालो प्रदान गरिएको बताउनुभयो । गाउँपालिकाले असल किसानसँग साझेदारीमा काम गर्ने अंसारीले बताउनुभयो ।

विपन्न वर्गका किसानले कोदालो पाएपछि खुसी भएको स्थानीय रमेश सदाले बताउनुभयो । कोदालो वितरण कार्यक्रममा उपाध्यक्ष अनिता यादव, सामाजिक शाखाका राजकिसोर मेहता, नेपाली काँग्रेंसका नेता सदानन्द मण्डल, जनार्दन पंडित, मोहन झा, रामप्रसाद मेहता, कोशी ७ का वडा अध्यक्ष रामचन्द्र महतो लगायतको उपस्थिती थियो ।

अध्यक्ष अंसारीले ५ नम्बर वडाका कृषकलाई बालुवा र बगरमा कागती खेती गर्नका लागि बालुवा हटाउनेदेखि जोत्ने र कागतीको बिरुवा निःशुल्क उपलब्ध गराउने, कागती रोप्ने, गोड्ने, थोपा सिँचाइ, रोगकीरा नियन्त्रण गर्ने प्रविधि उपलब्ध गराइएको जानकारी दिनुभयो । कोशी गाउँपालिकाको ८० प्रतिशत क्षेत्रका किसान कृषिमा आबद्ध छन् ।