खुला | समाज | फोटो फिचर |

छठका लागि झिलिमिली पारिएकाे गाैरीघाट क्षेत्र (फाेटाे फिचर)

काठमाडौं, कात्तिक २३ गते । छठको पूर्वसन्ध्यामा राजधानीका विभिन्न नदी किनार तथा पोखरीमा छठ पूजाको तयारी गरिएको छ । पशुपतिको गौरीघाट क्षेत्रमा बागमती किनारमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । छटका लागि गाैरीघाट क्षेत्रमा झिलिमिलि बत्तीले सिंगारिएकाे छ । 

छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्यतत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

तस्बिर : सुजन गुरूङ